काठमाडौं, २१ असोज । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । प्रमुख आयुक्त राईको राजीनामा माग्दै प्रदर्शन समेत गरेका छन् ।
अलायन्सको नेतृत्वमा जेनजी युवाहरु मंगलबार बिहान अख्तियार कार्यालय पुगेर प्रदर्शन सहित अख्तियार प्रमुख राईको राजीनामा मागेका हुन् ।
उनीहरूले राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।
अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।
जेन–जीका नेता भनिने हामी नेपालीका संयोजक सुदन गुरुङको समुहले भने तत्काल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न दबाब दिएको छ ।
सुदन समुहले हिजोदेखि नै सामाजिक सञ्जालमा एरेष्ट केपी ओली, अरेष्ट रमेश लेखक र मडर्रर भनेर क्याम्पेन चलाएका छन् । हिजो राति अबेरसम्म काठमाडौं प्रहरी परिसरमा सुदनको टोलीले जाहेरी दर्ता गर्न दबाब दिएको थियो ।









