काठमाडौं, २२ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेशका अध्यक्ष, इन्चार्ज, जिल्ला अध्यक्षसँग संवाद गद नेतृत्व नछाड्ने नजनाँउ दिएका छन् ।
एमालेका प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । एक जिल्ला अध्यक्षका अनुसार ओलीले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामर्थ्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताएका छन् ।
अध्यक्ष ओलीले सक्रियता, इमान र विचारको हिसाबले पार्टीको शीर कहिल्यै पनि निहुरिन नदिने पनि बताए । उनले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने सुनाए । उनले भने, ‘जबसम्म म सक्छु, तबसम्म । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’
जेन–जी विद्रोहका कारण सत्ताच्युत भएका ओलीले सचिवालय र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग संबाद गरेका हुन् ।
एमालेको सचिवालय बैठक असोज २४ गते बोलाइएको छ । केन्द्रीय समिति बैठक असोज २७–२९ गतेका लागि बोलाइएको छ ।









