कांग्रेसको पदाधिकारी बैठक बस्दै, सभापती देउवा भने जनाने



काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको पार्टी पदाधिकारीको बैठक आज बस्दै छ ।

सभापती देउवाले बिहीबार (आज)दिउँसो १ बजे ललितपुरमा बस्नेगरी पार्टी पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठक ललितपुरको कुन ठाउँमा बस्ने भन्ने खुलाइएको छैन । आगामी असोज २६ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । उक्त केन्द्रीय समितिको बैठकअघि एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

सभापती देउवाले बैठक बोलाएपनी देउवा आफू भने बैठकमा नजाने बुझिएको छ ।

प्रकाशित मिति : आश्विन २३, २०८२ बिहीबार  १० : २० बजे