ओलीले भनेः गौरीबहादुर कार्की नेतृत्वको नक्कली आयोग मञ्जुर छैन, के गर्नुछ गर्नुस्



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलन घटनाको छानविन गर्न बनेको आयोग नमान्ने घोषणा गरेका छन् । गुण्डुमा बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

उनले घटनाको छानविन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै एमाले र जनताले नमान्ने बताएका हुन् । उनले आयोगमा बस्नु भन्दा अगाडिका अभिव्यक्तिहरुको प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनु पर्दैन थियो ? भन्दै प्रश्न् गरे।

सम्पती छानविनको कुरा उठिरहेको भन्दै अहिलेका सरकारका मन्त्रीहरुको सम्पती छानविन गर्न मान्ने हो ? भन्दै प्रश्न गरे । नेकपा एमालेलाई यस्ता नक्कली आयोग मञ्जुर नरहेको बताए।

प्रकाशित मिति : आश्विन २३, २०८२ बिहीबार  ३ : ५२ बजे