राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकि छन् ।

जेन—जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् ।

उनले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने उल्लेख गरिन् । प्रधानमन्त्री कार्कीले क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताइन् ।

युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको उनको भँनाइ छ । प्रधानमन्त्री कार्कीले एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताइन् ।

प्रकाशित मिति : आश्विन २४, २०८२ शुक्रबार  १० : ११ बजे