एमाले सचिवालय बैठक ओली निवास गुण्डुमा शुरु



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । बैठक गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुरु भएको हो ।

बैठकमा केन्द्रिय समितिको एजेण्डा, पार्टी संगठन सुदृढीकरण, संसद पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ । एमालेको केन्द्रिय कमिटीको बैठक असोज २६ देखि २९ गतेसम्म बोलाइएको छ ।

साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ । नेकपा एमालेले संसद पुनःस्थापना हुनुपर्ने भन्दै माग राखेको छ ।

नेपाली काँग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ । काँग्रेसले पनि संसद विघटन असंवैधानिक रहेको बताउँदै आएको छ ।

प्रकाशित मिति : आश्विन २४, २०८२ शुक्रबार  १ : ५२ बजे