काँग्रेस पदाधिकारी बैठक : महाधिवेशन केन्द्रित छलफल जारि, शनिवार पुनः बस्ने



काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरु बोल्ने क्रम नसकिएपछि शनिवार पनि बस्ने भएको छ ।

बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्यहरु समेत सहभागि भएपछि नेताहरु बोल्ने क्रम नसकिएकोले फेरि शनिवारका लागि बैठक बोलाइएको हो ।

मुलुकमा विद्यमान राजनीतिक जटिलतामा पार्टी र मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको पार्टीका प्रबक्ता प्रकाशशरण महतले बताए ।

उनले आगामी २६ गते बस्ने पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा समान धारणा बनाएर जाने भन्दै साही पेरिफेरीमा छलफल भइरहेको पनि बताए ।

प्रकाशित मिति : आश्विन २४, २०८२ शुक्रबार  ७ : १० बजे