तिहार नजिकिएसँगै माटाको पाला बनाउन भ्याइनभ्याई, (तस्बिरहरु)



भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई माटाको पाला बनाउन भ्याइनभ्याई छ ।

यतिवेला भक्तपुरको पोटरी स्क्वाएरका कुमाले समुदाय पाला बनाउन र सुकाउन व्यस्त छन् ।

तिहार र छठमा बढी प्रयोग गरिने माटोका पाला मात्र नभई कलश, धुपौरो आदि बनाउनमा व्यस्त हुने गर्दछन् । तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पालाको प्रयोग गरिन्छ ।

प्रकाशित मिति : आश्विन २५, २०८२ शनिबार  १० : ५० बजे