राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल गएका थिए ।

प्रकाशित मिति : आश्विन २६, २०८२ आईतबार  १२ : ४० बजे