काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
आइतबार बिहान गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बैठक सुरु भएको हो ।
यसअघि शुक्रबार बसेको बैठकमा राष्ट्रिय एकता कायम गर्नुपर्ने, दलबिच सहकार्य अघि बढाउनुपर्ने र देशभर एकताको वातावरण सृजना गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।
आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ(आफ्नो धारणा राख्ने छन् ।









