संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अदालतमा मंगलबार ५ वटा रिट दायर भएको हो ।

रिट दायर गर्नेमा अधिवक्ता प्रेमराज सिलवाल, अधिवक्ता कृतिनाथ शर्मा पौडेल, युवराज सफल पौडेल, विपना शर्मा, आयुष बडाल र मकबुल मिया रहेका छन्।

प्रकाशित मिति : आश्विन २८, २०८२ मंगलबार  १२ : ०४ बजे