कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।

महरा विद्युतीय चुरोट ९भेप० मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो ।

बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

प्रकाशित मिति : आश्विन २९, २०८२ बुधबार  ८ : ४८ बजे