काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएकि छन् ।
नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो बताएकी हुन् ।
उनले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर गरिन। उनले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन ।
सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको प्रधानमन्त्री कार्कीको दाबी छ ।









