प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन् ।

छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ ।

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ ।

सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने

प्रकाशित मिति : कार्तिक ४, २०८२ मंगलबार  ८ : ४७ बजे