काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक छलफल गरेकि छन् ।
विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गरेकि हुन् ।
मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिए ।
उनले सरकारले संवादको ढोका खुल्ला राखेकोले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरुलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न पनि आग्रह गरिएको बताए ।









