काठमाडौ । प्रहरी महानिरीक्षक खापुङ जेन—जी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताएका हुन् ।
प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए ।
जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उनले दाबी गरे ।
प्रहरी महानिरीक्षक खापुङले जेन—जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको उल्लेख गरे ।









