मन्त्रीको शपथ लिन लागेका सुनारविरूद्ध तीन अदालतमा चलिरहेका छन् मुद्दा



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारविरूद्ध तीनवटा अदालतमा मुद्दा चलिरहेको तथ्य खुलेको छ।

सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य फेला परेको हो।

दलित अभियानी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री कार्कीले सुनारसहित चारजनालाई मन्त्री नियुक्ति र शपथ ग्रहणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छिन्। कार्कीले सुनारसहित डा। सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छिन्।

प्रधानमन्त्री कार्यालयका अनुसार उनीहरुलाई आइतबार दिउँसो २ः३० शपथका लागि तयार रहन भनिएको छ। तर, सुनार मन्त्रीका लागि सिफारिस भएको तथ्य बाहिर आएसँगै उनका विवादस्पद क्रियाकलापहरु पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ।

प्रकाशित मिति : कार्तिक ९, २०८२ आईतबार  १ : ३४ बजे