घरेलु टोली भारत नेपालसँग पराजित



काठमाडौं । भारतमा जारी ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोलीलाई पराजित गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि २(१ गोल अन्तरले जित निकालेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गरिन् ।

साम्बाले खेलको दोस्रो र ६३औ मिनेटमा गोल गरिन् ।

खेलको ८१औं मिनेटमा भने भारतले एक गोल फर्कायो ।

प्रकाशित मिति : कार्तिक १०, २०८२ सोमबार  ८ : २८ बजे