कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशन केन्द्रीत छलफल हुने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज ९बिहीबार० बस्दैछ ।

बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ ।

साथै बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।

प्रकाशित मिति : कार्तिक १३, २०८२ बिहीबार  ८ : २६ बजे