काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६ देखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले उक्त प्रस्ताव गरेका हुन्।केही थप समय लिएर नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने उनको भनाइ छ।
त्यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आफ्नो आग्रह रहेको उनले प्रस्ट पारे।
उनले भने, ‘पुस १६ जननायक बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएको ऐतिहासिक मिति पनि हो। यही मितिमा नियमित महाधिवेशन गरौं,’।









