आयोगले दियो हर्क साम्पाङको पार्टीलाई मान्यता (तस्बिरहरु)



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको ‘श्रम संस्कृति पार्टी’लाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेपछि समर्थकहरु खुशी भएका छन् ।

मान्यताको प्रमाण पत्र पाएपछि साम्पाङले पनि संचारकर्मी र समर्थकहरुमाझ खुशी साटे ।

निर्वाचन आयोग परिसरमा प्रमाणपत्र हातबाट माथि उठाएर समर्थकहरुले खुशी साटेका थिए ।

प्रकाशित मिति : कार्तिक १६, २०८२ आईतबार  ४ : ४६ बजे