प्रधानमन्त्री कार्कीले भेटिन् सभामुख र राष्ट्रिय सभा अध्यक्ष



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

सोमवार संघीय संसदका दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

उनिहरुबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भेटमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी थिए ।

प्रकाशित मिति : कार्तिक १७, २०८२ सोमबार  ७ : ४२ बजे