कांग्रेस केन्द्रीय कार्यालयमा लगाइएको ताला खोलियो



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा लगाइएको ताला कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा खोलिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि गेटमा लगाइएको ताला खोलिएको हो।

नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग सहित युवाहरूले ताला लगाएका थिए ।

विद्यार्थी नेता भुवन भट्टका अनुसार कार्यवाहक सभापति खड्काले नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको सुनिश्चितता बारे केन्द्रीय समितिमा छलफल गर्ने र निर्णय लिने प्रतिवद्धता गरेपछि ताला खोलिएको हो ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  १ : ५४ बजे