कांग्रेस विशेष महाधिवेशन पक्षधरको भेला सुरु



काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्क्वेटमा भेला सुरु भएको हो ।

भेलामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरु पनि सहभागी छन् ।

उनीहरुले पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।

कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा गर्नुपर्ने हुन्छ । नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरुले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए । विशेष महाधिवेशन पक्षधरले भेला आयोजना गरेका हुन् ।

प्रकाशित मिति : कार्तिक १८, २०८२ मंगलबार  २ : २१ बजे