काठमाडौं । (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले मंसिर पहिलो हप्तामा राष्ट्रिय भेला गर्ने बताएका छन् ।
काठमाडौंमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी उनले सो जानकारी दिएका हून् ।
उनले भने, “मंसिर पहिलो हप्तासम्म राष्ट्रिय भेला गर्नेछौँ । त्यही भेलामा हामी जम्मा हुनेछौँ र अब कसरी जाने भन्ने कुरा त्यहीबाट गम्भीर हिसाबले छलफल गरेर हाम्रो बाटो तय गर्नेछौँ । त्यतिबेलासम्मका लागि नआत्तिनुहोला,”।
पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उनको भनाई छ ।
केन्द्रिय समितिको बहुसंख्याले आत्मसर्मपन गरेपनि जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उनको दाबी छ । उनले राजनितिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने बताए ।









