गृहमन्त्री अर्यालले भेटे पूर्वराष्ट्रपति भण्डारी,आन्दोलनमा जलेको घरको निरीक्षण



काठमाडौ. । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बिहीवार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेन जी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए ।

सोही निवासको गृहमन्त्री अर्यालले बिहीवार बिहान निरीक्षण गरे ।

प्रकाशित मिति : कार्तिक २०, २०८२ बिहीबार  ३ : ३७ बजे