काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध जाहेरी दिन साइबर ब्युरो पुगेको छ।
युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध जाहेरी दिएका हुन् ।
केही दिनअघि मेयर शाहले सामाजिक सञ्जालमा अश्लील स्टाटस लेखेका थिए। उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघ साइबर ब्यूरो पुगेको हो।









