अदालतले प्रतिनिधि सभा पुनः स्थापना नगरे राष्ट्रपतिले गर्नुपर्छः ओली



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उनले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उनि आफैले गर्नुपर्ने तर्क गरेका हून् ।

“असंवैधानिक ढंगले विघटन गर्न सक्ने पुनर्स्थपना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? गर्नुपर्‍यो नि !, उनले भने ,“विघटन गर्ने राष्ट्रपतिले पुनर्गठन गर्नुपर्‍यो ।”

अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गरे ।

प्रकाशित मिति : कार्तिक २१, २०८२ शुक्रबार  ३ : ५८ बजे