संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक बाटो होः गगन थापा



काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो भएकाले यसमा कुनै अलमल नरहेको बताएका छन्।

उनले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरेका हुन्।

महामन्त्री थापाले भने,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।”

महामन्त्री थापाले नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग मात्र नलिने बरु यसलाई सफल पनि बनाउने भन्दै कसैले पनि यसमा अलमल नगर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  १० : २१ बजे