भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने



काठमाडौं । नेकपा (एमाले)ले कारबाही गरेपछि मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका भीम रावल नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन् ।

कार्तिक २६ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १ बजे एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र भीम रावलले सम्बोधन गर्नेछन्।

हिजो (आइतबार) नेकपाका नेताहरूसँग रावलले वार्ता गरेका थिए । उक्त छलफल सकारात्मक भएको छलफलमा सहभागी नेताहरूले बताएका थिए ।

सोही अनुसार, आगामी बुधबार उनी ‘वृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत नेकपामा समाहित हुन लागेका हुन् ।

प्रकाशित मिति : कार्तिक २४, २०८२ सोमबार  ३ : ४९ बजे