दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विष्फोटबाट स्तब्ध र दु:खी भएको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हिजो साँझ भएको दुखद दिल्ली विस्फोटबाट म स्तब्ध र मर्माहत भएको छु। शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछु। यस दुःखको घडीमा नेपाल भारतसँग ऐक्यबद्धतामा उभिएको छ।’

उक्त विस्फोटमा परी कम्तिमा ११ जनाको मृत्यु भएको र २० जनाभन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार  १२ : २३ बजे