काँग्रेस केन्द्रिय समितिको बैठक जारी



काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक जारी छ ।

विगत लामो समयदेखि जारी रहेको केन्द्रिय समिति बैठक मंगलवार मध्यान्हबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी छ ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, लगायत सहमहामन्त्री, केन्द्रिय सदस्यहरु रहेका छन् ।

पार्टी महामन्त्री थापा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन हुनुपर्ने माग र महाधिवेशनका लागि कार्यतालिका प्रश्तुत गर्न नदिएपछि केही बैठकहरुमा उपस्थित भएका थिएन ।

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार  २ : ४७ बजे