गृहमन्त्रीसँगको वार्तामा आएनन् दुर्गा प्रसाई



काठमाडौँ । सरकारले बुधबार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग वार्ता थालेको छ ।

उक्त वार्तामा मंसिर ७ गतेबाट हुन लागेको आन्दोलन र त्यसका विषयमा छलफल हुने बताइएको छ।

वार्ताका लागि महाअभियानको टिम गृहमन्त्रालय पुगेको छ। तर, अभियानका प्रमुख दुर्गा प्रसाई भने वार्तामा सहभागी भएका छैनन्।

प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार  ११ : ४१ बजे