भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानबीच ७ बुँदे सहमति भएको छ ।

बुधवार पेरिस डाँडामा आयोजित एक कार्यक्रमबीच सहमति सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र मातृभूमि जागरण अभियानका संयोजक भीम रावलबीच उक्त सम्झौता भएको छ ।

राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा तथा देशलाई सबल र जनतालाई समृद्ध तुल्याउनुपर्ने चुनौति रहेको र देश र जनताको सर्वोपरी हित एवं सुशासन, सामाजिक न्याय र आर्थिक–सामाजिक रुपान्तरणको अभिभारा आफूहरुसँग रहेको सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार  २ : ५९ बजे