एमाले छोडेर सबै नेताहरु नेपाली कम्युनिष्ट पार्टीमा आउँछन्ः प्रचण्ड



काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पार्टीमा समाहित गर्दै प्रचण्डले उक्त दाबी गरेका हुन्।

सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीसँग उनले भने, ‘नेकपा एमाले अध्यक्ष ओलीले हावादारी कुरा गर्ने गरेकाले एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने छन्। हालसम्म नेपाली कम्युनिस्ट पार्टीमा १२ वटा राजनीतिक दल समाहित भइसकेका छन्।’

गत कार्तिक १९ गते नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न घटक रहेको नेपाली कन्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

प्रकाशित मिति : कार्तिक २६, २०८२ बुधबार  ४ : १९ बजे