कुलमानलाई लक्षित गर्दै शंकर पोखरेलको प्रश्न– अविलम्ब मन्त्री पदबाट बिदा हुनुपर्ने होइन र ?



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ भन्दै प्रश्न गरेका छन्।

महासचिव पोखरेलले प्रधानमन्त्री कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गरेको भनेर उक्त प्रश्न गरेका हुन्।

“प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?” ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गर्दै पोखरेलले फेसबुकमा लेखेका छन् ।

पोखरेलले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नरहेको बताएका छन् । उनी अगाडि लेख्छन्, “प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?”

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  १० : ४४ बजे