मतदाता नामावली दर्ताको म्याद थप्न प्रधानमन्त्री कार्कीको आग्रह



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी छिन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग आज (कात्तिक २८) टेलिफोनमा कुराकानी गर्दै कार्कीले म्याद थपका लागि आग्रह गरेकी हुन् ।

यसबारे आयोग सकारात्मक रहेको र ५ दिन म्याद थप्न सकिने जानकारी भण्डारीले प्रधानमन्त्रीलाई दिएका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०८२ शुक्रबार  ५ : ०० बजे