काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
उनले १५ औं महाधिवेशन वैशाख वा त्यसभन्दा पनि ढिलो गर्ने गरी केही नेताहरूले अभिव्यक्ति दिइरहेकोतर्फ संकेत गर्दै ढिलोमा पनि पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताएका हुन्।
‘२०८२ मंसिरभित्रै महाधिवेशन हुनुपर्यो भन्ने कुरा मैले पहिलेदेखि नै भन्दै आएको हुँ। अहिले नियमित अधिवेशनको परिभाषा कोही वैशाख भन्छन्, कोही त्यसपछि पनि भन्छन्। मेरो कुरा अहिले पनि त्यही छ । मंसिरको सट्टा पुसभित्रै महाधिवेशन गरौं,’ सम्पर्क कार्यालय विशालनगरमा आज बिहान पार्टीका ४० जनाभन्दा बढी युवाहरूसँगको कुराकानीमा उनले भने।









