ओलीले भने – दुर्गा प्रसाईंलाई तुरून्तै छाड्नुस्



काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पक्राउ गरिएका दुर्गा प्रसाईंलाई तत्काल छोड्न सरकारसँग माग गरेका छन् ।

आज (बुधबार) काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो माग गरेका हुन् ।

‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।

दुर्गा प्रसाईंले दिउँसो सार्वजनिक गरेको भिडियोकै आधारमा सरकारले उनलाई रातारात पक्राउ गरेको ओलीको आरोप थियो।

‘कसलाई को मन पर्छ कसलाई को मन पर्दैन भन्ने हुँदैन। के मा थुन्ने के मा नथुन्ने भन्ने हुँदैन,’ उनले थपे, ‘भएको भिडिओ बाहिर ल्याउनु अपराध हो? राति राति स्वेच्छाकारी ढंगले के गरेको? बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो। तमासा गरिरहेको छ यो सरकारले।’

प्रकाशित मिति : मंसिर ३, २०८२ बुधबार  ४ : ०१ बजे