सुनको मूल्य बढ्यो : कती छ शुक्रबारको भाउ ?



काठमाडौं –

पछिल्लो समय अस्थिर रहेको सुनचाँदीको मूल्य शुक्रबारबाट बढेको छ ।

गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर सुन शुक्रबार तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

हिन्दूधर्मावलम्बीले मनाउने तिहार सगै धनतेरसमा सुनचाँदी दुवैको भाउ बढेको छ । धनतेरसका अवसरमा सुनचाँदी घरमा भित्र्याउनुपर्छ भन्ने नेपालीको मान्यताले सुनचाँदी बजारमा उपभोत्ताको भीड लागे पनि भाउ महँगिएको छ ।

प्रकाशित मिति : कार्तिक ८, २०७६ शुक्रबार  ७ : ३३ बजे