फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो।

यसअघि केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको थियो।

कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  ११ : ११ बजे