सिमरामा आज पनि जेनजी युवाको प्रदर्शन (तस्बिरहरु)



काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको सिमरा बजार क्षेत्रमा आज पनि जेनजी युवाको प्रदर्शन जारी छ ।

आज बिहीबार बिहान १० बजेदेखि नै जेनजी युवाहरू सिमरा चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।

बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।

जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ संगठन युवा संघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  १ : १३ बजे