काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सुरक्षा परिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार बैठक बसिरहेको हो ।
बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिपछि परिषद्को बैठक बसेको हो ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, अर्थमन्त्री रामेश्वर खनाललगायत सहभागी छन् ।









