एनपीएल : टस जितेर लुम्बिनी फिल्डिङमा



काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत चौथो दिनको खेलमा लुम्बिनी लायोन्स र चितवन राइनोज खेल्दै छन्। जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णाय गरेका हुने।

लुम्बिनी जारी प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने चितवन दोस्रो खेल खेल्दैछ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  ३ : ५६ बजे