सरकार र बञ्चरे डाँडाका स्थानीयहरुबीच ११ बुँदे सहमति



काठमाडौं । सरकार र बञ्चरे डाँडाका स्थानीयहरुबीच ११ बुँदे सहमति भएको छ ।

बिहीवार सिंहदरबारमा भएको सरकार र बञ्चरेडाँडाका स्थानीयबीचको छलफल ११ बुँदे सहमतिसहित टुंगिएको हो ।

सरकार र स्थानीयबीच भएको सहमतिमा स्थानीय जनतालाई विगतमा चलाइएको मुद्दाहरुको सम्बन्धमा तत्काल निर्णय गरी पत्राचार गर्ने भनिएको छ ।

तेस्तै इआइए प्रतिवेदन छिटो तयार गर्नको कन्सलटेन्ट कम्पनीलाई पत्राचार गरी सोको लिखित प्रतिवद्धता समेत लिने, आगामी आ।व। को बजेटमा इआइए प्रतिवेदन अनुसारको जग्गा अधिकरणको लागि आवश्यक बजेट विनियजन गर्ने कार्य अगाडि बढाउने सहमति भएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०८२ बिहीबार  ७ : ३० बजे