मंसिरमा विशेष महाधिवेशन निर्विकल्प जस्तै हो : गगन थापा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन निर्विकल्प भएको बताएका छन् ।केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै उनले आगामी फागुन २१ गतेको निर्वाचन अघि नै कांग्रेसले नयाँ नेतृत्व पाउने बताएका हुन् । उनले अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए ।

केन्द्रिय समितिको बैठकले निर्णय गर्न नसके पनि आवधिक अधिवेशन गर्ने समय नरहेकाले मंसिरमा विशेष अधिवेशन गर्नुपर्ने बताएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअघि महाधिवेशन गर्ने विषय अनिवार्य रहेको उनले बताए । उनले आउँदो फागुन २१ गतेको निर्वाचनमा कांग्रेस सहभागी हुने पनि बताए ।

उनका अनुसार मंसिरको २७, २८ गतेतिर महाधिवेशन गर्नुपर्छ । निर्वाचनअघि अधिवेशन गर्नेकुरा अनिवार्य रहेकोमा पनि थापले जोड दिए ।

सरकार दलहरूले निर्बाध रूपमा राजनीतिक गतिवधि गर्न पाउने वातावरण बनाउनतर्फ गम्भीर नभएको उनले आरोप लगाए ।

प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार  ५ : ०५ बजे