एनपिएल : ढाका टोपीमा क्रिकेट समर्थक (तस्बिरहरु)



काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा दर्शकहरुको उपस्थिति बाक्लो छ ।

टियू ग्राउन्ड परिसरमा अधिकांश दर्शकहरु नेपाली पहिचान स्वरुप ढाका टोपी लगाएर उपस्थित भइरहेका छन् ।

क्रिकेट हेर्न रंगशाला पुग्ने दर्शकलाई ढाका टोपी लगाउन सामाजिक सञ्जालबाट नै आह्वान गरिएको थियो ।

क्रिकेटको लोकप्रियतालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ढाका टोपी ट्रेण्ड नै चलाएको हो ।

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक

प्रकाशित मिति : मंसिर ६, २०८२ शनिबार  ५ : २५ बजे