निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता



काठमाडौं। नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ ।

आइतबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।

शनिबार बसेको  पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो ।

त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको हो ।

प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार  १ : ४४ बजे