एनपीएल : टस जितेर जनकपुर फिल्डिङमा



काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत विराटनगर किङ्सविरुद्ध जनकपुर वोल्टले टस जितेको छ।

त्रिवि अन्तरार्ष्ट्रिय क्रिकेट रंगशालामा जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिले फिल्डिङ रोजेपछि विराटनगरले ब्याटिङको निम्तो पाएको हो।

जनकपुर यसअघि पहिलो खेलमा काठमान्डू गोर्खाजसँग पराजित भएको थियो भने विराटनगरले आफ्नो सुरुआतका दुवै खेलमा जित हासिल गरेको थियो।

विराटनगर लागातार तेस्रो जितको खोजितमा छ।

प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार  ११ : ५५ बजे