जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा



काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।

सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ८, २०८२ सोमबार  १२ : २९ बजे